दफा ४
आयोगको बैठक
(१) आयोगको बैठक आवश्यकतानुसार अध्यक्षले तोकेको मिति, समय र ठाउँमा बस्नेछ ।
(२) आयोगको सचिवले आयोगको बैठक बस्ने मिति र समय तोकी बैठकमा छलफल हुने विषय सूची सहितको सूचना बैठक बस्ने समय भन्दा अठ्चालीस घण्टा अगावै सबै सदस्यले पाउने गरी पठाउनु पर्नेछ ।
तर उचित र पर्याप्त कारण भएमा अध्यक्षले त्यस्तो कारण खुलाई अठ्चालीस घण्टा अगावै आयोगको बैठक बोलाउन बाधा पर्नेछैन ।
(३) कुनै सदस्यले उपदफा (२) बमोजिम बैठकमा छलफल हुने विषय सूचीमा उल्लिखित विषयको अतिरिक्त अन्य कुनै विषयमा छलफल गराउन चाहेमा त्यसरी छलफल गर्न चाहेको विषय र कारण सहितको सूचना बैठक बस्नु भन्दा कम्तीमा चौबीस घण्टा अगावै आयोगको सचिवलाई दिनु पर्नेछ । त्यसरी सूचना प्राप्त हुनासाथ आयोगको सचिवले त्यसको जानकारी सदस्यलाई दिनु पर्नेछ ।
(४) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आयोगको बैठकमा उपस्थित सबै सदस्यको सहमतिले विषय सूचीमा नपरेको विषयमा पनि छलफल गरी निर्णय गर्न सकिनेछ ।
(५) अध्यक्ष र अन्य दुई जना सदस्य उपस्थित भएमा आयोगको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(६) आयोगको निर्णय बहुमतद्वारा हुनेछ र मत बराबर भएमा अध्यक्षले निर्णायक मत दिनेछ ।
(७) आयोगको निर्णयको अभिलेख आयोगको सचिवले तयार गरी अध्यक्ष तथा सदस्यको सही गराई राख्नेछ ।
(८) आयोगको बैठक सम्बन्धी अन्य कार्यविधि आयोगलेनिर्धारण गरे बमोजिम हुनेछ ।